काठमाडौं – दाङको बबई गाउँपालिका तथा लमही नगरपालिकाको विभिन्न सामुदायिक वनबाट लुकाइछिपाइ राखेको अवस्थामा १० नाल भरुवा बन्दुक बरामद गरिएको छ। प्रहरीले दाङका विभिन्न स्थानमा खोजतलास गर्ने क्रममा उक्त भरुवा बन्दुक बरामद गरेको हो।
उक्त टोलीले बबई गाउँपालिका –०४ स्थित चितलगैरा सामुदायिक वनबाट ४ नाल, लमही नगरपालिका –०३ जखेरा सामुदायिक वनबाट ५ नाल र बबई गाउँपालिका– २ सुवाखोरे सामुदायिक वनबाट गरी १ नाल गरी जम्मा १० नाल भरुवा बन्दुक बरामद गरिएको छ भने घटनाबारे थप अनुसन्धान समेत भइरहेको छ।






About Us
प्रतिक्रिया