काठमाडौं – विश्वकै अग्रणी प्रविधि कम्पनी एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सन हुआङले नेपालका बाढीपीडितका लागि १ करोड अमेरिकी डलर सहयोग गरेका छन्।
यो रकम नेपाली रुपैयाँमा करिब १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी हुन्छ। हुआङको यो सहयोग प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत बाढी तथा विपद् प्रभावित क्षेत्रको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि उपयोग गरिने जनाइएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमार्फत हुआङप्रति आभार व्यक्त गर्दै यो सहयोगको जानकारी दिएका हुन्।






About Us
प्रतिक्रिया