काठमाडौं – नेशनल लाइफ इन्स्यारेन्सका दुई सञ्चालकले राजीनामा दिएका छन्। कम्पनीका संस्थापक शेयरधनी समूहका सञ्चालक कुशल मल्ली र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट सञ्चालकको रूपमा प्रतिनिधित्व गरिरहेकी बैंककी नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले सो पदबाट राजीनामा दिएका छन्।
जसमा मल्लीले भदौ १५ व्यक्तिगत कारण देखाउँदै उक्त पदबाट राजीनामा दिएका थिए। उक्त राजीनामा कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिले स्वीकृत गरेको छ।
साथै, असार ३१ गते अधिकारीले अनिवार्य अवकाश पाएकाले सञ्चालकबाट हटेको राष्ट्रिय वाणिज्य बैंकले भाद्र १६ गते पठाएको पत्रमार्फत प्राप्त भएको कम्पनीले जनाएको छ।






About Us
प्रतिक्रिया