काठमाडौं–भोटेकोशी बाढीपीडितका लागि भन्दै आफ्नो बैंक खातामा रकम जम्मा गर्न लगाउने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरीका कृष्ण केसी रहेका छन्।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिदिने भन्दै विभिन्न व्यक्तिलाई आफ्नो बैंक खातामा रकम पठाउन लगाएको सूचनाका आधारमा प्रहरीले केसीलाई पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी परिसरबाट खटिएको प्रहरीको टोलीले कलंकीबाट नियन्त्रणमा लिएको हो।
प्रहरीले प्रारम्भिक सोधपुछका क्रममा सम्झाई बुझाइ गर्न खोज्दा केसीले प्रहरी कर्मचारीमाथि नै अभद्र व्यवहार गरेको जनाएको छ। अभद्र व्यवहार गरेको कसुरमा उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराई अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया