काठमाडौं – आज शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.६६ अंकले बढेर बजार २५ सय ४२ दशमलव ७७ को बिन्दुमा कायम भएको छ। त्यससँगै ३ अर्ब ४६ करोड रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, १ करोड २१ लाख ६३ हजार कित्ता शेयर कारोबार भएको छ।
आज ३४६ कम्पनी कारोबारमा आउँदा १४५ कम्पनीको शेयर मूल्य बढेको छ भने १२३ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, १० कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज सबैभन्दा बढी रिलायन्स स्पिनिङ मिल्सको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ४० करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको हो। त्यस्तै, सानिमा मिडल टमोर हाइड्रोपावरको १३ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी विन लघुवित्तका लगानीकर्ता कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ८.७६ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, चिरख्वा हाइड्रोपावरका लगानीकर्ताले ८.५६ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा बढी गुमाउनेमा पियोर इनर्जीका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले १३.३३ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले ६.१० प्रतिशतका दरले गुमाएका छन्।






About Us
प्रतिक्रिया