काठमाडौं- नेपाली सेनाले कर्तव्य पालनाको सिलसिलामा रसुवास्थित भोटेकोशी बाढीका कारण सम्पर्कविहीन भएका सैनिकका परिवारजनसँग समन्वय गर्ने ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ।
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बाढीमा हराइरहेका सैनिकका परिवारजनसँग सम्पर्क भइसकेको जानकारी दिए। यही भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी लाङ्टाङ राष्ट्रिय निकुञ्ज र सो क्षेत्रमा रहेका जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिइएका ४५ जना सैनिक हराइरहेका छन्।
हराइरहेका सैनिकको खोजी निरन्तर भइरहेको सेनाले जनाएको छ। रसुवाको टिमुरेदेखि नवलपुरसम्म खटिइएका सैन्य टोलीलाई हराइरहेका नागरिक र सैनिकका बारेमा जानकारी दिइ खोज तथा उद्धारमा केन्द्रित गराइएको जङ्गी अड्डाले जनाएको छ।






About Us
प्रतिक्रिया