काठमाडौं– एनएमबि बैंकले आजदेखि सर्वसाधारले खरिद गर्न मिल्ने गरी संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक समूह तर्फको २४ हजार ३१२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो।
यसअघि संस्थापक शेयरधनीलाईले मात्रै खरिद गर्न मिल्ने गरी असार ३० गते ३५ दिने सूचना प्रकाशित गरेको थियो। सो अवधिमा उनाीहरूबाट कुनै आवेदन नपरेपछि अब जोसुकै व्यक्ति तथा कम्पनीले उक्त शेयर खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको हो।
शेयर खरिद गर्न इच्छुकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौंको बबरमहलस्थित कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सक्नेछन्।






About Us
प्रतिक्रिया