किनमेलः

सुनको मूल्य फेरि तीन लाख नाघ्यो, एकैदिन तोलामा ७६ सय रूपैयाँ बढ्यो


काठमाडौं – नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ। बुधबार प्रतितोला ८ हजार ८सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन तोलामा ७ हजार ६ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ४ हजार ९ सय रूपैयाँमा किनबेच भइरहेको छ।बुधबार सुन प्रतितोला दुई लाख ९७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला चार हजार पाँच सय ८० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार सात सय २५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ४५ रूपैयाँ घटेको हो।