दुबई पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने अंसगर नदाफ पक्राउ 


काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि दुबई  पठाइदिन्छु भन्दै तीन लाख १२ हजार ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंका अंसगर नदाफ रहेका छन्। 

उनलाई काठमाडौं महानगरपालिका वडा– ८ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।