नेपाल क्यापिटल मार्केट डिस्कोर्शको ‘सपोर्टेड वाइ’मा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग


काठमाडौं – नेपाल क्यापिटल मार्केट डिस्कोर्शको ‘सपोर्टेड वाइ’मा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग आबद्ध भएको छ । भदौ २१ गते हुने पहिलो नेपाल क्यापिटल मार्केट डिस्कोर्शको ‘सपोर्टेड वाइ’मा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग आबद्ध भएको हो ।

नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायीका रूपमा इजाजतपत्र प्राप्त नबिल इन्भेष्टमेन्टले विश्वभरका व्यक्तिगत तथा संस्थागत ग्राहकहरूलाई विभिन्न वित्तीय समाधान तथा परामर्श सेवाहरू प्रदान गर्दै आएको छ। नबिल इन्भेष्टमेन्टको रणनीति यसका सबै व्यावसायिक क्षेत्रका सबल पक्षहरूमा आधारित छ।

नेपालको पुँजी बजारबारे बृहत छलफल गर्ने लक्ष्यसहित आयोजित डिस्कोर्शमा बैंकिङ्ग समाचारको आयोजना र नासा सेक्यूरिटिजको मुख्य प्रायोजन रहेको छ। पुँजी बजारको नीतिगत सुधार, नियामकीय अवस्थाको चर्चा र सुधार तथा लगानीकर्ताको हकहित र शेयर शिक्षा फैलाउने लक्ष्यसहित नेपाल क्यापिटल मार्केट डिस्कोर्श आयोजना हुन लागेको हो ।

क्यापिटल मार्केट डिस्कोर्श यही भदौ २१ गते काठमाडौंको मेरियट होटलमा हुनेछ। जसमा उद्घाटन सत्रसहित ४ वटा सत्रगत छलफल हुनेछन्। यस्तै, डिस्कोर्शमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्टसँग विशेष डुओलग समेत हुनेछ। सत्रगत छलफलमा नियमन र नीति निर्माण, लगानीकर्तामा शेयर शिक्षा र शेयर बजारमा प्रविधि र इनोभेसनसँग सम्बन्धित हुनेछन्।

डिस्कोर्शमा अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज, सीडीएससी एन्ड क्लियरिङ, ब्रोकर कम्पनी, मर्चेन्ट बैंक, वाणिज्य तथा विकास बैंक, क्रेडिट रेटिङ र सूचीकृत कम्पनीहरुको सहभागिता रहनेछ। यस्तै, प्रतिनिधि सभाका सदस्यहरू, सेक्युरिटी एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) र बम्बई स्टक एक्सचेन्ज (बीएसई) लगायत अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ।