काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एबीसी सेक्युरिटिज प्राइभेट लिमिटेडले ११ लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले विपद्का कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै प्रभावित नागरिकलाई सहयोग गर्नु आफ्नो सामाजिक दायित्व भएको जनाएको छ। राहत तथा उद्धारका क्रममा प्रभावित परिवार, ज्येष्ठ नागरिक, महिला, बालबालिका र जोखिममा रहेका समुदायलाई प्राथमिकता दिइने अपेक्षा कम्पनीले राखेकाे छ।
कम्पनीले प्रभावित नागरिकको शीघ्र उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि सरकारी निकाय, सामाजिक संस्था र अन्य सरोकारवालाबीच सहकार्य गर्न आग्रह गरेको छ। विपत्तिको समयमा सबैले आफ्नो क्षमता र स्रोतअनुसार सहयोग गरी प्रभावित नागरिकको जनजीवन सामान्य बनाउन योगदान गर्नुपर्नेमा कम्पनीले जोड दिएको छ।






About Us
प्रतिक्रिया