नेपाल क्यापिटल मार्केट डिस्कोर्शको ‘सपोर्टेड वाइ’मा एनआईएमबी स्टक मार्केट्स


काठमाडौं – नेपाल क्यापिटल मार्केट डिस्कोर्शको ‘सपोर्टेड वाइ’मा एनआईएमबी स्टक मार्केट्स लिमिटेड आबद्ध भएको छ । भदौ २१ गते हुने पहिलो नेपाल क्यापिटल मार्केट डिस्कोर्शको ‘सपोर्टेड वाइ’मा एनआईएमबी स्टक मार्केट्स आबद्ध भएको हो ।

एनआईएमबी स्टक मार्केट्स नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त पूर्ण ब्रोकर सेवा सञ्चालन गर्ने कम्पनी हो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शतप्रतिशत स्वामित्वमा रहेको सहायक कम्पनी हो । एनआईएमबी स्टक मार्केट्स लिमिटेड एक निरन्तर वृद्धि र विस्तारको क्रममा रहेको ब्रोकर कम्पनी हो।

कम्पनीले शेयर कारोबार तथा मार्जिन कर्जा सेवा प्रदान गर्दै आफ्ना ग्राहकलाई उच्च गुणस्तरीय सेवा र भरपर्दो लगानीका विकल्प उपलब्ध गराउने लक्ष्य राखेको छ । ग्राहकका समस्या तथा जिज्ञासालाई प्राथमिकताका साथ सम्बोधन गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने र उनीहरूको लगानीबाट प्राप्त हुने मूल्यलाई अधिकतम बनाउन हाम्रो दक्ष व्यवस्थापन टोली तथा अनुभवी सञ्चालक समितिले निरन्तर काम गरिरहेको छ ।

नेपालको पुँजी बजारबारे बृहत छलफल गर्ने लक्ष्यसहित बैंकिङ्ग समाचारको आयोजना र नासा सेक्यूरिटिजको मुख्य प्रायोजन रहेको छ । पुँजी बजारको नीतिगत सुधार, नियामकीय अवस्थाको चर्चा र सुधार तथा लगानीकर्ताको हकहित र शेयर शिक्षा फैलाउने लक्ष्यसहित नेपाल क्यापिटल मार्केट डिस्कोर्श आयोजना हुन लागेको हो ।

क्यापिटल मार्केट डिस्कोर्श यही वर्ष २०८३ साल भदौ २१ गते काठमाडौंको मेरियट होटलमा हुनेछ। जसमा उद्घाटन सत्रसहित ४ वटा सत्रगत छलफल हुनेछन्। यस्तै, डिस्कोर्शमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्टसँग विशेष डुओलग समेत हुनेछ। सत्रगत छलफलमा नियमन र नीति निर्माण, लगानीकर्तामा शेयर शिक्षा र शेयर बजारमा प्रविधि र इनोभेसनसँग सम्बन्धित हुनेछन्।

डिस्कोर्शमा अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज, सीडीएससी एन्ड क्लियरिङ, ब्रोकर कम्पनी, मर्चेन्ट बैंक, वाणिज्य तथा विकास बैंक, क्रेडिट रेटिङ र सूचीकृत कम्पनीहरुको सहभागिता रहनेछ। यस्तै, प्रतिनिधि सभाका सदस्यहरू, सेक्युरिटी एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) र बम्बई स्टक एक्सचेन्ज (बीएसई) लगायत अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ।