नेपाल क्यापिटल मार्केट डिस्कोर्शको ‘सपोर्टेड वाइ’मा प्रभु क्यापिटल


काठमाडौं – नेपाल क्यापिटल मार्केट डिस्कोर्शको ‘सपोर्टेड वाइ’मा प्रभु क्यापिटल आबद्ध भएको छ । भदौ २१ गते हुने पहिलो नेपाल क्यापिटल मार्केट डिस्कोर्शको ‘सपोर्टेड वाइ’मा प्रभु क्यापिटल आबद्ध भएको हो ।

प्रभु क्यापिटल लिमिटेड १ अर्ब २० करोड चुक्ता पुँजी रहेको मर्चेन्ट बैंकिङ्ग कम्पनीहरूमध्येको एक हो। कम्पनीको मुख्य उद्देश्य आफ्ना ग्राहकलाई नवीनतम तथा आधुनिक मर्चेन्ट बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै नेपालको सफल, सुदृढ र स्वस्थ पुँजी बजारको विकासमा योगदान पुर्‍याउनु रहेको छ । प्रभु क्यापिटल लिमिटेड प्रभु बैंकको सहायक कम्पनी हो ।

प्रभु क्यापिटल लिमिटेडको स्थापना २१ जुलाई २००९ मा भएको हो । कम्पनीले ९ सेप्टेम्बर २०१० मा नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङ्गको इजाजतपत्र प्राप्त गरेको थियो। त्यसयता कम्पनीले विभिन्न मर्चेन्ट बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ । हाल कम्पनीले डिपोजिटरी पार्टिसिपेन्ट, निष्कासन तथा बिक्री प्रबन्ध, प्रत्याभूति, पोर्टफोलियो व्यवस्थापन सेवा, शेयर रजिस्ट्रार सेवा था म्युचुअल फन्ड व्यवस्थापन जस्ता सेवाहरू प्रदान गर्दै आएको छ ।

नेपालको पुँजी बजारबारे बृहत छलफल गर्ने लक्ष्यसहित बैंकिङ्ग समाचारको आयोजना र नासा सेक्यूरिटिजको मुख्य प्रायोजन रहेको छ । पुँजी बजारको नीतिगत सुधार, नियामकीय अवस्थाको चर्चा र सुधार तथा लगानीकर्ताको हकहित र शेयर शिक्षा फैलाउने लक्ष्यसहित नेपाल क्यापिटल मार्केट डिस्कोर्श आयोजना हुन लागेको हो ।

क्यापिटल मार्केट डिस्कोर्श यही वर्ष २०८३ साल भदौ २१ गते काठमाडौंको मेरियट होटलमा हुनेछ। जसमा उद्घाटन सत्रसहित ४ वटा सत्रगत छलफल हुनेछन्। यस्तै, डिस्कोर्शमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्टसँग विशेष डुओलग समेत हुनेछ। सत्रगत छलफलमा नियमन र नीति निर्माण, लगानीकर्तामा शेयर शिक्षा र शेयर बजारमा प्रविधि र इनोभेसनसँग सम्बन्धित हुनेछन्।

डिस्कोर्शमा अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज, सीडीएससी एन्ड क्लियरिङ, ब्रोकर कम्पनी, मर्चेन्ट बैंक, वाणिज्य तथा विकास बैंक, क्रेडिट रेटिङ र सूचीकृत कम्पनीहरुको सहभागिता रहनेछ। यस्तै, प्रतिनिधि सभाका सदस्यहरू, सेक्युरिटी एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) र बम्बई स्टक एक्सचेन्ज (बीएसई) लगायत अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ।