हामीलाई संकटमा विश्राम गर्ने छुट छैन : प्रधानमन्त्री शाह


भोटेकोशी – प्रधानमन्त्री बालेन शाहले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नागरिकको पीडिप्रति गहिरो दुःख व्यक्त गर्दै संकटको समयमा शरीर थाके पनि विश्राम गर्ने छुट नभएको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै शाहले बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा ठूलो क्षति भएको उल्लेख गरे। आफ्ना आफन्त अझै बेपत्ता भएर बाटो हेरिरहेका नागरिकको पीडा आफूले गहिरो रूपमा महसुस गरेको उनले बताए।

उनले यो पीडा कुनै एक जिल्लाको मात्र नभई सिंगो नेपालको साझा बज्रपात भएको बताए। संकटको घडीमा नेतृत्वले आँसु देखाउनेभन्दा जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्ने भन्दै उद्धार, राहत र पुनर्स्थापनाका लागि दृढ संकल्पका साथ अघि बढ्ने प्रतिबद्धता जनाए।