काठमाडौं – प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार र राहतबाट पुनः स्थापनातर्फ केन्द्रित भएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत बाढी प्रभावितको जीवन रक्षा, स्वास्थ्य उपचार, राहत वितरण तथा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिएका हुन्।
प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा निरन्तर साहस, धैर्य, साथ र सहयोग गर्ने सङ्घ, प्रदेश तथा स्थानीय तह, सुरक्षाकर्मी, राजनीतिक दल, जनप्रतिनिधि, स्थानीय समुदाय, स्वयंसेवी संस्था तथा स्वदेश–विदेशमा रहेका नागरिकप्रति आभार व्यक्त गरेका छन्।
निकासा गरिएको रकममध्ये तीन जिल्लाका १५ स्थानीय तहका लागि ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराइसकिएको उनले बताए। उनका अनुसार, बाढी आए लगत्तै प्रभावित रसुवा र नुवाकोटका लागि १–१ करोड रुपैयाँ तथा धादिङका लागि ५० लाख रुपैयाँ पठाइएको थियो। यसअघि पनि प्रभावित स्थानीय तहका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको थियो।






About Us
प्रतिक्रिया