काठमाडौं- धादिङ जिल्लामा २९ वटा मोटरेबल तथा झोलुङ्गे पुलमा पूर्ण तथा आंशिक क्षति पुगेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार १६ वटा पुलमा पूर्ण क्षति र ७ वटामा आंशिक क्षति पुगेको छ। जिल्लामा रहेका २३ वटा झोलुङ्गे पुलमध्ये सबैमा कुनै न कुनै रूपमा क्षति पुगेको कार्यालयले जनाएको छ।
त्यस्तै, धादिङका विभिन्न स्थानमा रहेका मोटरेबल पुलसमेत क्षतिग्रस्त भएका छन्। फोस्रेटार–केउरिनी, जिन्टेटार, कोल्पुटार, जरेखेत–त्रिशूली, घाटबेँसी–पिपलटार र फुर्केखोला–परेवाटार मोटरेबल पुलमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
साथै, फोस्रेटार केउरीनी जोड्ने, जिन्टेटर, धैरेनी, कोल्पुखोला, मास्टार, चिरौदी, मासटार, कोल्पुखोला कालिकास्थान माझिटार झलुङ्गेपुल, मालिङ्गा – त्रिशुली भिल्ला, चरौदी–घ्याल्चोक, चौकीटार घाट, तिक्राङ, कोती, धवादी, मालिङगा, राजमार्ग सामुदायिक अस्पताल–फिस्टार, बादरे, बादरे– सिउरेनीटार, भैसी गौडा, बेलनटार, भुतिया र बिहानी पम्प खरमटार झोलुङ्गे पुलमा क्षति पुगेको छ।






About Us
प्रतिक्रिया