काठमाडौं – बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि मलेसिया र हंगेरी पठाइदिन्छु भन्दै ९ लाख ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओखलढुगांका यज्ञ बहादुर तामाङ र बाग्लुङका सुजेन घर्ति मगर रहेका छन्।
तामाङले मलेसिया पठाइदिन्छु भन्दै १ जनाबाट ४ लाख र मगरले हंगेरी पठाइदिन्छु भन्दै ३ जनाबाट ५ लाख ठगी गरेको प्रहरीले जनाएको छ। उनीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया