भोटेकोशी बाढीपीडितका लागि भिजन सेक्युरिटिजद्वारा ११ लाख बढी सहयोग


काठमाडाैं – भिजन सेक्युरिटिज प्राइभेट लिमिटेडले (ब्रोकर नं. ३४)  रसुवा र भोटेकोशी–त्रिशूली बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि ११ लाख ११ हजार १११ रूपैयाँ सहयोग गरेको छ।

कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम जम्मा गरेको जनाएको छ। विपद्को समयमा एक–अर्काको सहारा बन्नु कर्तव्य भएको भन्दै कम्पनीले बाढी प्रभावितको राहत तथा पुनःस्थापनामा सहयोग गरेको हो।

भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोटलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ।