अप्पर हेवाखोलाका आधारभूत शेयरधनी घिमिरेले ४ लाख कित्ता बढी शेयर बिक्री गर्ने


काठमाडौं – अपर हेवाखोला हाइड्रोपावर कम्पनीका आधारभूत शेयरधनी सुदीप घिमिरेले आफूले धारण गरेको ४ लाख ५२ हजार ५३३ कित्ता शेयर बिक्री गर्ने भएका छन्। उनले उक्त आगामी ३ महिनाभित्र बिक्री गर्ने भएका हुन्।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार घिमिरेले उक्त शेयर बिक्री गर्ने आशयसहितको भदौ १५ गते कम्पनीमा पेस गरेका छन्। नेपाल धितोपत्र बोर्डले २०८३ भदौ ९ गते जारी गरेको निर्देशनअनुसार आधारभूत शेयरधनीले आफूले धारण गरेको ५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्नुभन्दा १५ दिन अगाडी जानकारी गराउनुपर्ने व्यवस्था छ।

सोही व्यवस्थाअनुसार धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरि घिमिरेले सो शेयर बिक्री गर्न लागेका हुन्।