शिखर पावर डेभलपमेन्टको १ लाख ११ हजार कित्ता शेयरको लकइन अवधि असोज २ गते सकिँदै


काठमाडौं – शिखर पावर डेभलपमेन्ट लिमिटेडको सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको १ लाख ११ हजार कित्ताा शेयरको लक–इन अवधि समाप्त हुने भएको छ। कम्पनीको उक्त शेयरको लकइन अवधि आगामी असोज २ गते सकिने भएको हो।

कम्पनीको जारी पुँजी ९८ करोड रुपैयाँ छ। कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ३२ लाख कित्ता शेयर मध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ९ लाख ८० हजार कित्ता शेयर बाँडफाँट गरेको थियो। बाँकी शेयरमध्ये ५ प्रतिशत अर्थात् १ लाख ११ हजार कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरूलाई छुट्याइएको थियो।

उक्त शेयर सर्वसाधारणमा बाँडफाँट भएको मितिले ६ महिनासम्म बिक्री गर्न नपाइने गरी लक–इनमा राखिएको थियो।