नेपाल क्यापिटल मार्केट डिस्कोर्शको ‘सपोर्टेड वाइ’मा एनआईएमबी एस क्यापिटल


काठमाडौं – नेपाल क्यापिटल मार्केट डिस्कोर्शको ‘सपोर्टेड वाइ’मा एनआईएमबी एस क्यापिटल आबद्ध भएको छ । डिस्कोर्शको ‘सपोर्टेड वाइ’मा एनआईएमबी एस क्यापिटल आबद्ध भएको हो ।

एनआईएबी एस क्यापिटल सन् २०११ मा स्थापना भएकाे हाे । एनआईएबी एस क्यापिटलले मर्चेन्ट बैंकिङ्ग, वित्तीय परामर्श, सम्पत्ति व्यवस्थापन तथा डिपोजिटरी पार्टिसिपेन्ट लगायतका विविध वित्तीय सेवाहरू प्रदान गर्दै आएको छ । ग्राहकहरूलाई जोखिम र प्रतिफलबिच रणनीतिक सन्तुलन कायम गर्दै आफ्ना वित्तीय लक्ष्य हासिल गर्न सक्षम बनाउनु कम्पनीको प्रमुख उद्देश्य हो ।

नेपालको पुँजी बजारबारे बृहत छलफल गर्ने लक्ष्यसहित बैंकिङ्ग समाचारको आयोजना र नासा सेक्यूरिटिजको मुख्य प्रायोजन रहेको छ । पुँजी बजारको नीतिगत सुधार, नियामकीय अवस्थाको चर्चा र सुधार तथा लगानीकर्ताको हकहित र शेयर शिक्षा फैलाउने लक्ष्यसहित नेपाल क्यापिटल मार्केट डिस्कोर्श आयोजना हुन लागेको हो ।

क्यापिटल मार्केट डिस्कोर्श यही वर्ष २०८३ साल भदौ २१ गते काठमाडौंको मेरियट होटलमा हुनेछ। जसमा उद्घाटन सत्रसहित ४ वटा सत्रगत छलफल हुनेछन्। यस्तै, डिस्कोर्शमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्टसँग विशेष डुओलग समेत हुनेछ। सत्रगत छलफलमा नियमन र नीति निर्माण, लगानीकर्तामा शेयर शिक्षा र शेयर बजारमा प्रविधि र इनोभेसनसँग सम्बन्धित हुनेछन्।

डिस्कोर्शमा अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज, सीडीएससी एन्ड क्लियरिङ, ब्रोकर कम्पनी, मर्चेन्ट बैंक, वाणिज्य तथा विकास बैंक, क्रेडिट रेटिङ र सूचीकृत कम्पनीहरुको सहभागिता रहनेछ। यस्तै, प्रतिनिधि सभाका सदस्यहरू, सेक्युरिटी एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) र बम्बई स्टक एक्सचेन्ज (बीएसई) लगायत अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ।