काठमाडौं – नेपाल क्यापिटल मार्केट डिस्कोर्शको ‘सपोर्टेड वाइ’मा जोय स्टोर आबद्ध भएको छ । आगामी भदौ २१ गते हुने डिस्कोर्शको ‘सपोर्टेड वाइ’मा जोय स्टोर आबद्ध भएको हो ।
सानो स्टार्टअपबाट सुरु भएको स्टोर अहिले नेपालको अग्रणी इलेक्ट्रोनिक्स रिटेलर बन्न पुगेको छ । २०१६ मा स्थापना भएको कम्पनी गुणस्तरीय उत्पादन उपलब्ध गराउने उद्देश्यका साथ सानो इलेक्ट्रोनिक्स रिटेलरका रूपमा व्यवसाय सुरु गरेको थियो । २०१८ का कम्पनीले देशभरका ग्राहकलाई सेवा प्रदान गर्न आफ्नै ई–कमर्स प्लेटफर्म सञ्चालनमा ल्याएको थियो । एप्पल, सामसुङ र सोनी जस्ता प्रमुख ब्रान्डहरूसँग साझेदारी गरेको छ ।
नेपालको पुँजी बजारबारे बृहत छलफल गर्ने लक्ष्यसहित बैंकिङ्ग समाचारको आयोजना र नासा सेक्यूरिटिजको मुख्य प्रायोजन रहेको छ । पुँजी बजारको नीतिगत सुधार, नियामकीय अवस्थाको चर्चा र सुधार तथा लगानीकर्ताको हकहित र शेयर शिक्षा फैलाउने लक्ष्यसहित नेपाल क्यापिटल मार्केट डिस्कोर्श आयोजना हुन लागेको हो ।
क्यापिटल मार्केट डिस्कोर्श यही वर्ष २०८३ साल भदौ २१ गते काठमाडौंको मेरियट होटलमा हुनेछ। जसमा उद्घाटन सत्रसहित ४ वटा सत्रगत छलफल हुनेछन्। यस्तै, डिस्कोर्शमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्टसँग विशेष डुओलग समेत हुनेछ। सत्रगत छलफलमा नियमन र नीति निर्माण, लगानीकर्तामा शेयर शिक्षा र शेयर बजारमा प्रविधि र इनोभेसनसँग सम्बन्धित हुनेछन्।
डिस्कोर्शमा अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज, सीडीएससी एन्ड क्लियरिङ, ब्रोकर कम्पनी, मर्चेन्ट बैंक, वाणिज्य तथा विकास बैंक, क्रेडिट रेटिङ र सूचीकृत कम्पनीहरुको सहभागिता रहनेछ। यस्तै, प्रतिनिधि सभाका सदस्यहरू, सेक्युरिटी एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) र बम्बई स्टक एक्सचेन्ज (बीएसई) लगायत अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ।






About Us
प्रतिक्रिया