काठमाडौं – केदारनाथ शर्माले गृहसचिवको जिम्मेवारी सम्हालेका छन्। गत साता रक्षा मन्त्रालयबाट गृह मन्त्रालयमा सरुवा भएका शर्माले मंगलबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन्।
मन्त्रिपरिषद्को निर्णयअनुसार शर्मालाई गृहसचिवको जिम्मेवारी दिइएको हो। गृह मन्त्रालयका तत्कालीन सचिव राजकुमार श्रेष्ठले १५ भदौमा सचिवको पाँचवर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाश लिएपछि गृहसचिवको पद रिक्त थियो। रिक्त पदमा सरकारले शर्मालाई जिम्मेवारी दिएको हो।






About Us
प्रतिक्रिया