बाढीपीडितका लागि मिस नेपाल दीपमाला ढकालद्वारा १ लाख सहयोग


काठमाडौं – मिस नेपाल २०२६ तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) की दोस्रो पुस्ता संयोजक दीपमाला ढकालले बाढीपीडितको राहत तथा उद्धारका लागि १ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन्।

गत भदौ १० गते रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहतका लागि ढकालले उक्त रकम सहयोग गरेकी हुन्।

एनआरएनएले गरेको १ करोड रुपैयाँको सामूहिक सहयोगमा ढकालले १ लाख रुपैयाँ योगदान गरेकी हुन्।