काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि इराक लैजाने भन्दै १० लाख ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोककी सन्चमाया तामाङ रहेकी छिन्। उनले इराक पठाइदिन्छु भन्दै ३ जनाबाट १० लाख ठगी गरेको प्रहरीले जनाएको छ।
उनलाई जिल्ला काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया