काठमाडौं – प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले लाभांश वितरण गर्नका लागि बुक क्लोजको मिति तय गरेका छन्।
यी दुवै फण्डहरूले भदौ २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजका आधारमा भदौ २४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम इकाईधनीहरूले यी फण्डहरुले वितरण गर्ने लाभांश प्राप्त गर्नेछन्।
यी दुबै फण्डहरूले करसहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा भएका छन्।






About Us
प्रतिक्रिया