काठमाडौं – स्वास्थ्य बीमा बोर्डले २०८२ साल चैत मसान्तसम्म स्वास्थ्य बीमाबापत सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई गर्नुपर्ने भुक्तानी सम्पन्न गरेको छ। बोर्डका अनुसार २०८२ साल चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य बीमाबापत २ अर्ब ६ करोड ४३ लाख ३४ हजार ७७२ रुपैयाँ भुक्तानी गरिएको हो।
यससँगै २०८२ सालसम्म स्वास्थ्य बीमाबापत सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई गर्नुपर्ने सबै भुक्तानी सम्पन्न भएको बोर्डले जनाएको छ। बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरूलाई दाबीका आधारमा भुक्तानी गर्दै आएको छ।






About Us
प्रतिक्रिया