काठमाडौं-कतार सरकारले उपलब्ध गराएको राहत सामग्री बोकेको जहाज सोमबार साँझ काठमाडौं आइपुगेको छ।
उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। कतारबाट विभिन्न राहत सामग्री लिएर आएको जहाजमार्फत बाढी तथा विपद्बाट प्रभावित नेपाली नागरिकका लागि सहयोग पठाइएको जनाइएको छ।
विमानमा ल्याइएका राहत सामग्री नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरिने कार्यक्रम रहेको छ। राहत सामग्रीमा अत्यावश्यक खाद्यान्न, स्वास्थ्य सामग्री तथा विपद्पीडितका लागि आवश्यक अन्य सामग्री समावेश रहेको बताइएको छ।
हालैको बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका कार्यलाई सहयोग पुर्याउने उद्देश्यले कतार सरकारले उक्त सहायता उपलब्ध गराएको हो। नेपाल सरकारले कतार सरकारको सहयोगप्रति आभार व्यक्त गरेको छ।






About Us
प्रतिक्रिया