काठमाडौं – सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका जन्मघर भई हाल जर्मनीको क्लाइन मुल्हाख, सान्डहाउसेन मा बसोबास गर्दै आएका ल्हाक्पा नुर्वु शेर्पा र उनका जर्मन साथीहरूले रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोज कार्यलाई सहज बनाउन नेपाल प्रहरीलाई विभिन्न प्रकारका १२६ थान लाइटिङ उपकरण सहयोग गरेका छन्।
बाढी तथा विपद्का कारण प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य चुनौतीपूर्ण भइरहेका बेला उपलब्ध गराइएको उक्त उपकरणले विशेषगरी अँध्यारो तथा कठिन भूभागमा उद्धार टोलीलाई काम गर्न सहज हुने प्रहरीले जनाएको छ।
विदेशमा रहेर पनि आफ्नो मातृभूमिमा आइपरेको विपद्का समयमा उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले गरिएको यस मानवीय सहयोगप्रति ल्हाक्पा नुर्वु शेर्पा तथा उनका जर्मन साथीहरूलाई प्रहरीले आभार व्यक्त गरेको छ।






About Us
प्रतिक्रिया