काठमाडौं – शारदा ग्रुपले भोटेकोशी नदी क्षेत्रमा आएको बाढी–पहिरोबाट प्रभावित रसुवा, धादिङ, नुवाकोटलगायत जिल्लाका नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
ग्रुपका अध्यक्ष शिवरतन शारडाले अर्थमन्त्रीको कार्यालयमा पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन्। उक्त सहयोग शारदा ग्रुपअन्तर्गतका पशुपति खाद्य तेल उद्योग प्रालिमार्फत ६१ लाख, पशुपति सिनप्याक इन्डस्ट्रिज प्रालिमार्फत १५ लाख, प्रिमियर वायर्स प्रालि मार्फत १५ लाख र प्रिमियर डिस्टिलरी लिमिटेडमार्फत १० लाख रुपैयाँ सहयोग गरेको हो।
ग्रुपले करिब ६० लाख रुपैयाँ बराबरका खाद्य तथा पेय पदार्थ समेत सरकारलाई उपलब्ध गराएको छ। साथै, प्रभावित क्षेत्रमा निःशुल्क अक्सिजन उपलब्ध गराउने घोषणा गरेको छ। शारदा ग्रुपद्वारा प्रवर्द्धित शिवम् होल्डिङ्सले छुट्टै २१ लाख रुपैयाँ कोषमा सहयोग गरेको छ भने शिवम् सिमेन्टले प्रभावित क्षेत्रको एक गाउँको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ११ हजार बोरा सिमेन्ट उपलब्ध गराउने जनाएको छ।






About Us
प्रतिक्रिया