सनि सेक्युरिटिजले गर्यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग


काठमाडौं – सनि सेक्युरिटिज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग गरेको छ । कम्पनीले कम्पनीले रसुवामा हालै आएको बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि १० लाख सहयोग गरेको हो ।

बाढी प्रभावितहरूसँग ऐक्यबद्धता जनाउँदै राहत तथा पुनर्लाभका प्रयासहरूमा आफ्नो सहयोग प्रदान गरेको कम्पनीले जनाएको छ । प्रभावित नागरिकको पीडामा साथ दिन र राहत कार्यलाई प्रभावकारी बनाउन सहयोग गरेको कम्पनीले जनाएको छ ।