हिमालयन बैंकका कर्मचारी अर्पण अर्याल सम्पर्कविहीन


काठमाडौं – हिमालयन बैंकका कर्मचारी अर्पण अर्याल सम्पर्कविहीन भएका छन् । रसुवामा आएको बाढी पश्चात् हिमालयन बैंकको बेत्रावती शाखामा कार्यरत कर्मचारी अर्पण अर्याल सम्पर्कविहीन भएका हुन् ।

‘बैंकद्वारा प्रहरिमा जानकारी गराई बेपत्ता सूचिमा रहनुभएको र बैंक, बैंकको स्थानीय कर्मचारी तथा उहाँको परिवारजनले पनि खोजी कार्यको अथक प्रयास गरे तापनि फेला नपर्नुभएको हुँदा उहाँलाई देख्नुभएको वा उहाँको अवस्था बारे कुनै पनि जानकारी प्राप्त भएमा सम्पर्क गरिदिनुहुन हार्दिक अपिल गर्दछौं’ बैंकले भनेकाे छ ।