हिमालयन बैंकका नवनिर्वाचित अध्यक्ष डा.अर्यालले लिए गभर्नरबाट पद तथा गोपनीयताको शपथ


काठमाडौं- हिमालयन बैंक लिमिटेडका नवनिर्वाचित अध्यक्ष डा. बैकुण्ठ अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। डा. अर्यालले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

हिमालयन बैंकको सञ्चालक समितिको ५०६औं बैठकले बैंकको संस्थापक समूहका शेयरधनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिनिधित्व गर्ने नेपाल सरकारका पूर्वमुख्य सचिव तथा बैंकका सञ्चालक डा. अर्याललाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको थियो।

बैंकको सञ्चालक समितिले भाद्र १४ गतेदेखि लागू हुने गरी डा. अर्याललाई अध्यक्षमा निर्वाचित गरेको हो।