काठमाडौं -ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशुली पुगेका छन्। बाढी प्रभावित जलविद्युत् आयाेजनाकाे निरीक्षण र ऊद्वार कार्यकाे अपडेट लिन नुवाकोट पुगेका मन्त्री श्रेष्ठले त्रिशुलीस्थित सैन्य तालिम केन्द्रमा गृहमन्त्री सुधन गुरूङसँगै छलफल थालेका छन्।
गृहमन्त्री गुरूङ सैन्य तालिम केन्द्रमै बसेर उद्वारकाे लागि समन्वय गरिरहेका छन्। जलविद्युत् आयाेजनाकाे सुरूङकाे उद्वारमा खटिएका नेपाली सेनाका उच्च अधिकारीले मन्त्री श्रेष्ठलाई पछिल्लो प्रगति विवरण ब्रिफिङ गरेका छन्।
मन्त्री श्रेष्ठसँग प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह पनि नुवाकाेट आइपुगेका छन्। ब्रिफिङ लिएपछि मन्त्री श्रेष्ठ हेलिकप्टरमार्फत रसुवास्थित जलविद्युत् आयाेजनाकाे उद्वार स्थलकाे निरीक्षणमा जानेछन् भने पीडितका परिवारसँग छलफल गर्ने कार्यक्रम छ।






About Us
प्रतिक्रिया