रसुवा बाढी : हालसम्म ९ सय ७ जनाको शव फेला


काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान १०:३० बजे सम्म ९ सय ७ जनाको शव फेला परेको छ। 

जसमध्ये रसुवामा २४ जना, नुवाकोटमा ९५ जना, धादिङमा ५५ जना, चितवनमा २ सय ७२ जना, गोरखामा ६२ जना, तनहुँमा ३७ जना, नवलपरासी पूर्वमा २ सय ७ जना र नवलपरासी पश्चिम १ सय ५५ जना गरी ९ सय ७ जनाको शव फेला परेको  हो। 

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ।