मुक्तिनाथ क्युचुअल फण्ड १ को लाभांश घोषणा


काठमाडौं – मुक्तिनाथ म्युचुअल फन्ड–१ ले आफ्ना इकाईधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि इकाइधनीलाई २.२० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लाभांश वितरणका लागि क्यापिटले यही भदौ २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जसको अर्थ भदौ २३ गतेसम्म कायम इकाइधनीले उक्त योजनाको लाभांश पाउन योग्य हुनेछन्।