काठमाडौं – मुक्तिनाथ विकास बैंकले बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ।
भोटेकोशीमा आएको भीषण बाढीका कारण टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, त्रिशूली, देवीघाटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै बैंकले विपद्बाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गरेको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ठूलो क्षति पुगेको बैंकले जनाएको छ।
बैंकले बाढीमा परी ज्यान गुमाएका सम्पूर्ण व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको बैंकले जनाएको छ। बैंकका अनुसार प्रदान गरिएको सहयोगले बाढी प्रभावित परिवारको राहत तथा उद्धार कार्यमा केही हदसम्म योगदान पुग्ने विश्वास गरिएको छ। बैंकले आगामी दिनमा पनि विपद् प्रभावित नागरिकको सहयोग तथा समुदायको हितमा आवश्यक सहकार्य र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।






About Us
प्रतिक्रिया