काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री राहत कोषमा हालसम्म ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भएको बताएका छन्।
प्रधानमन्त्री शाहका अनुसार नेपाल सरकारले दैवी प्रकोपबाट प्रभावित तथा पीडितहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री राहत कोषमार्फत आर्थिक सहयोग जुटाइरहेको छ। पछिल्लो समय स्वदेश तथा विदेशबाट कोषमा सहयोग आउने क्रम बढिरहेको उनले जानकारी दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी कोषमा प्राप्त हुने स्वदेश तथा विदेशबाटको सहयोग रकमको विवरण पारदर्शी रूपमा सार्वजनिक गर्दै आएको छ। प्रधानमन्त्री शाहका अनुसार आज मध्यान्हसम्म ९ वटा वाणिज्य बैंकका खातामा गरी कुल ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भएको छ।
यस्तै, हिमालयन बैंक र लक्ष्मी बैंकमा थप २१ लाख २३२ अमेरिकी डलर जम्मा भएको उनले बताएका छन्। संकलित रकमलाई पीडितको राहत, उद्धार तथा पुनःस्थापनामा प्रभावकारी रूपमा कसरी खर्च गर्ने भन्ने विषयमा छलफल भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्।






About Us
प्रतिक्रिया