कृषि विकास बैंकको त्रिशूली ढुंगे शाखाबाट डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित निकालियो


काठमाडौं – करिब ८ घण्टाको निरन्तर प्रयासपछि नेपाल प्रहरीले कृषि विकास बैंकको त्रिशूली ढुंगे शाखामा रहेको ठूलो परिमाणको नगद, सुन तथा महत्वपूर्ण कागजात सुरक्षित स्थानमा सारेको छ।

प्रहरीका अनुसार शाखाबाट करिब १ करोड ५० लाख नगद र अनुमानित ५० करोड बराबरको सुन सुरक्षित रूपमा निकालिएको हो। बैंकमा रहेका महत्वपूर्ण कागजातसमेत सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।

बाढी तथा विपद्का कारण बैंकको शाखा जोखिममा परेपछि प्रहरी टोलीले निरन्तर प्रयास गर्दै बैंकभित्र रहेका नगद, सुन तथा महत्वपूर्ण कागजात सुरक्षित स्थानमा सार्ने काम गरेको थियो।

करिब ८ घण्टासम्मको प्रयासपछि बैंकमा रहेको महत्वपूर्ण सम्पत्ति सुरक्षित स्थानमा स्थानान्तरण गर्न प्रहरी सफल भएको हो।