काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले विपद् प्रभावितहरूको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख आर्थिक सहयोग प्रदान गरेको छ।
हालै रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशुली नदी प्रणालीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको दुःखद् परिस्थितिप्रति गहिरो संवेदना व्यक्त गर्दै बैंकले उक्त आर्थिक सहयोग प्रदान गरेको हो।
सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध सिद्धार्थ बैंकले कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको पीडामा साथ दिने तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन योगदान पु¥याउने विश्वासका साथ उक्त रकम कोषमा उपलब्ध गराएको हो।
यस विपद्का कारण ज्यान गुमाउने सम्पूर्ण दिवंगत आत्माप्रति बैंक परिवारले हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ तथा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित समुदायको पुनःस्थापना र सामान्य जनजीवन पुनर्बहालीका लागि भइरहेको सरकारी तथा सरोकारवाला निकायहरूको प्रयास सफल होस् भन्ने कामना गरेको छ।






About Us
प्रतिक्रिया