काठमाडौं – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा ठगी धन्दा गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमामा रामेछापका गोकुलगंगा– २, ठोसे बस्ने भगवान् कार्की रहेका छन्।
उनले १ लाख २० हजार रकम सहयोग गरेको भनी च्याट जीपीटीको प्रयोग गरी नक्कली स्टेटमेन्ट तयार गरी आफ्नो क्युआर कोड समेत सामाजिक सञ्जालहरूमा पोस्ट गर्ने गरेका थिए।
उनले सो नक्कली स्टेटमेन्टसँगै आफ्नो व्यक्तिगत क्यूआर कोड समेत सामाजिक सञ्जालमा राखेर अन्य व्यक्तिहरूलाई पनि सहयोग गर्न आह्वान गर्दै ठगी धन्दा चलाइरहेको प्रहरीले जनाएको छ।
मानिसहरूले राहत कोषमा पैसा पठाएको ठानेर उनको व्यक्तिगत खातामा पैसा पठाउने जोखिम बढेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया