काठमाडौं -त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्यलाई तीव्रता दिन नेपाली सेनासहितको प्राविधिक टोली परिचालन गरिएको छ। आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रमुख तथा साइट इन्जिनियरसहित नेपाली सेनाको टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको हो।
टोलीले आयोजनास्थलको भौगोलिक तथा प्राविधिक अवस्थाको स्थलगत निरीक्षण गरी सम्भावित जोखिमको मूल्यांकन गरिरहेको छ। जोखिम न्यूनीकरण गर्दै उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी रूपमा अघि बढाउन आवश्यक प्राविधिक उपायसमेत अपनाइएको जनाइएको छ।
उद्धार कार्यमा संलग्न विभिन्न निकायबीच आवश्यक समन्वय भइरहेको छ । प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण उद्धार कार्य जटिल बने पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरिएको आयोजनाले जनाएको छ।
सम्बन्धित प्राविधिक तथा सुरक्षा टोलीले घटनास्थलको अवस्थाअनुसार उद्धार कार्यलाई निरन्तरता दिइरहेको जनाइएको छ।






About Us
प्रतिक्रिया