प्रहरी चौकी बेत्रावतीमा कार्यरत असई रामकाजी पौडेलको शव फेला 


काठमाडौं – रसुवाको प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेल मृत भेटिएका छन्। उनको शव चितवनमा फेला परेको हो। नुवाकोट घर भएका उनी तिब्बतबाट भोटेकोशीमा आएको बाढीमा परेका हुन्।

साथै, प्रहरीका अझैँ २७ जना सम्पर्क विहीन रहेका छन्। चितवन जिल्लामा १७८ वटा शव फेला परेका छन्। जसमा महिलाको शव ४१ वटा, पुरुषको शव ७४ वटा, बालक ६ बालिका २ रमानिसका विभिन्न अङ्गहरू ५५ वटा फेला परेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मनिष श्रेष्ठ बताउँछन्। 

साथै, २ जनाको शव सनाखत भइसकेको छ। पौडेलको शव पनि सनाखत भइसकेको छ ।