काठमाडौं- हालैको आकस्मिक बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले पद्म ज्योति समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ योगदान गरेको छ।
समूहले कठिन परिस्थितिबाट प्रभावित नागरिकप्रति गहिरो समवेदना व्यक्त गर्दै राहत तथा पुनर्स्थापनाका कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।
पद्म ज्योति समूहले विपद्बाट प्रभावित समुदायलाई आवश्यक सहयोग पुर्याउन आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको जनाएको छ।






About Us
प्रतिक्रिया