टोखा–धुन्चे सडक खण्ड चारपांग्रे साना सवारीका लागि सुचारु


काठमाडौं — टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडक खण्ड चारपांग्रे साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु भएको छ।

सडक खण्ड सुचारु भएसँगै रसुवा पुनः सडक सञ्जालसँग जोडिएको छ। सडक अवरुद्ध हुँदा प्रभावित भएको यातायात सेवा सञ्चालनमा आएपछि स्थानीय बासिन्दा तथा यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ।