नेपाल एसबीआई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितलाई राहत सहयोग


काठमाडौं – नेपाल एसबीआई बैंक लिमिटेडले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित समुदायलाई राहत सहयोग उपलब्ध गराएको छ। 

बाढीबाट प्रभावित परिवारलाई संकटको समयमा आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले बैंकले राहत सामग्री वितरण अभियान सञ्चालन गरेको हो। बैंकले प्रभावित समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्दै राहत सामग्रीमार्फत सहयोग गर्ने जनाएको छ।

समुदायप्रतिको आफ्नो सामाजिक उत्तरदायित्व र सङ्कटका बेला प्रभावित नागरिकसँगै उभिने प्रतिबद्धताअनुरूप राहत अभियान अघि बढाइएको बैंकले जनाएको छ।