रसुवा बाढीपीडितका लागि नासा सेक्युरिटिजद्वारा ५० लाख सहयोग


काठमाडौं – नासा सेक्युरिटिजले बाढी प्रभावित नागरिकको खोज, उद्धार तथा तत्काल राहतका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ।

विपद्का कारण संकटमा परेका नागरिकको खोज तथा उद्धार र प्रभावित क्षेत्रमा तत्काल राहत वितरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको कम्पनीले जनाएको छ।

साथै, कम्पनीले बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।