काठमाडौं – गण्डकी प्रदेश सरकारले विपद् प्रभावित नागरिकको उद्धार, खोज तथा राहत कार्यमा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ४ करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रदेश सरकारले सहयोग गर्ने बताएका छन्।
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशभित्रका उद्योगी–व्यवसायी, राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक, सामाजिक संघसंस्था, सञ्चारकर्मी तथा आम नागरिकलाई आफ्नो ठाउँबाट राहत तथा सहयोग कार्यमा सक्रिय सहभागिता जनाउन अपिल गरेका छन्।
उनले विपद्को संवेदनशील समयमा अपुष्ट सूचना, अफवाह तथा भ्रामक सामग्रीको प्रचारप्रसार नगर्न पनि आग्रह गरेका छन्। आधिकारिक तथा विश्वसनीय स्रोतबाट प्राप्त सूचना मात्र सम्प्रेषण गर्न उनले सबैलाई विशेष अनुरोध गरेका छन्।






About Us
प्रतिक्रिया