रुकुम पश्चिम -रसुवा बाढीमा रुकुम पश्चिम जिल्लाका १५ जना सम्पर्कविहीन भएका छन्। जिल्लाको मुसिकोट नगरपालिका, आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकाका गरी १५ जना सम्र्पकविहीन भएका हुन्।
सम्पर्कविहीन हुनेमा रसुवा भन्सार कार्यालयमा कार्यरत मुसिकोट नगरपालिका–२ रातामाटाका हरिबहादुर खड्का, गोसाइकुण्ड गाउँपालिकामा कार्यरत आठबिसकोट नगरपालिका–७ का खम्बु बोहरा र उनीकी श्रीमती कोपिला केसी बोहरा, एक वर्षीया छोरी रहेको भएको सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीले जानकारी दिए।त्यस्तै त्यहाँस्थित जलविद्युत् आयोजनामा कार्यरत आठबिसकोट नगरपालिका–५ का चित्रबहादुर घर्ती र चौरजहारी नगरपािलका–१३ का रामबहादुर बिष्ट पनि सम्पर्कविहीन रहेका छन्।
रसुवा भन्सार कार्यालयमा कार्यरत सानीभेरी–७ का लक्ष्मी बुढाथोकी, चन्द्र बुढाथोकी, शिवलाल बुढाथोकी र दिलकुमारी घर्ती, चौरजहारी नगरपालिका–९ की सीमा बुढाथोकी , आठबिसकोट नगरपालिका–१० धाराखोलाकी तुलसा केसी, उनको ८ वर्षीय छोरा र ३ वर्षीया छोरी र दिदी भेटन गएकी आठबिसकोट नगरपालिका–१० कै २३ वर्षीया दिया केसी पनि सम्पर्कविहीन रहेको सहायक प्रजिअ ओलीले जानकारी दिए। बाढीमा फसेका रुकुम पश्चिमका तीन जना ५५ वर्षीय कमल घर्ती, ३८ वर्षीया अस्मिता घर्ती र ४ वर्षीया काजल घर्तीलाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले सार्वजजिक गरेको विवरणमा उल्लेख छ।






About Us
प्रतिक्रिया