रसुवा बाढी: कुन बैंकका कति कर्मचारी सम्पर्कविहीन ?


काठमाडौं – रसुवा बाढीमा ७ बैंकका शाखामा कार्यरत २७ कर्मचारी अझै पनि सम्पर्कविहीन छन्। बैंकर्स एसोसिएसनका अनुसार, सम्पर्कविहीन हुनेहरूमा सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारी रहेका छन्। 

इन्भेष्टमेन्ट बैंकका ७ जना, माछापुच्छ्रे बैंकका ५ जना, प्रभु बैंकका ५ जना, एनएमबी बैंकका ४ जना, लक्ष्मी सनराइजका ३ जना, सानिमा बैंकका २ जना र हिमालयन बैंकका १ जना, कर्मचारी सम्पर्कविहीन रहेको छन्।